पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज युरो र पाउण्डको भाउ घटेको छ । डलर भने स्थिर छ ।
आज युरो एकको खरिददर १४१ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०१ पैसा छ । हिजो युरो एकको खरिददर १४२ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०५ पैसा थियो । यस्तै पाउण्ड एकको खरिददर १७१ रुपैयाँ ६५ पैसा र बिक्रीदर १७२ रुपैयाँ ४१ पैसा छ ।
हिजो पाउण्ड एकको खरिददर १७२ रुपैयाँ ४५ पैसा र बिक्रीदर १७३ रुपैयाँ २२ पैसा थियो ।आज डलर एकको खरिददर १३५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३६ रुपैयाँ ४२ पैसा रहेको छ ।
१० जापानी येनको खरिददर ८ रुपैयाँ ६५ पैसा र बिक्रीदर ८ रुपैयाँ ६९ पैसा छ । भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८ रुपैयाँ ७० पैसा छ ।
आज रियाल एकको खरिददर ३६ रुपैयाँ १५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३१ पैसा छ । कतारी रियालको मूल्य एकको खरिद दर ३७ रुपैयाँ २६ पैसा र बिक्री दर ३७ रुपैयाँ ४३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर ३० रुपैयाँ १५ पैसा र बिक्रीदर ३० रुपैयाँ २८ पैसा रहेको छ ।
















