मौसममा पश्चिमी वायुको सामान्य प्रभाव

केन्द्रभाग मिडिया

काठमाडौं ।

मौसम पूर्वानुमान महाशाखाले देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । त्यसको प्रभावले आज कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।

गण्डकी प्रदेशमा भने राति हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक बदली रहने र तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहने छ ।

  • ५ पुष २०८१, शुक्रबार ०७:३५ प्रकाशित