धारिलो हतियार देखाई सुनको गरगहना चोरी गर्ने तीन पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।
धारिलो हतियार देखाई सुनका गरगहना चोरी गरी फरार रहेका तीन जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ रिशिङ गाउँपालिका २ कांहुशिवपुर स्थायी घर भई हाल पोखरा १५ रामबजार बस्ने ३७ वर्षिय मोहन भन्ने मधुसिंङ थापा मगर, बाग्लुङ बोङ्गादोभान ३ तमान स्थायी घर भई हाल पोखरा ६ लेकसाईड बस्ने ३८ वर्षिय प्रकाश थापा र रोल्पा थवाङ गाउँपालिाक ३ स्थायी घर भइ पोखरा मालेपाटन बस्ने ३२ वर्षिय गोपाल नेपाली रहेका छन । उनीहरुलाई कास्की प्रहरीले आज पक्राउ गरेको हो ।

पक्राउ परेका तीन जनाले गत मंसिर २३ गते राती १२ बजे पोखरा ३१ बेगनास गैह्राघर बस्ने ७९ वर्षिय वेदुनाथ अधिकारीको घरमा उनीहरुले नकाव लगाइ धारिलो हतियार खुकुरी देखाई अधिकारीको श्रीमतीलाई कुटपिट तथा लछारपछार गरी १ थान औंठी र कानमा लगाएको दुई थान रिङ चोरी फरार रहेको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माले जानकारी दिए ।

पक्राउ परेकाहरुको साथबाट २ थान खुकुरी बरामद गरिएको र कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा ५ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

  • ४ पुष २०८१, बिहीबार २१:५० प्रकाशित