जाडो छल्न कोठाभित्र बालेको कोइलाको धुवाले निसास्सिएर आमा- छोराको ज्यान गयो

केन्द्रभाग मिडिया

सुर्खेत।

जाडो छल्न कोठाभित्र बालेको कोइलाको धुवाले निसास्सिएर सुर्खेतमा आमा–छोराको ज्यान गएको छ।भने छारी घाइते भएकी छिन् । ज्यान गुमाउनेमा वीरेन्द्रनगर नगरपालिका–४, भैरवस्थानकी ३० वर्षीया देविसरा थापा र उनका ६ वर्षीय छोरा रियान थापा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

प्रहरीको अनुसार बेलुका खाना खाएर सुतेको र‌ बिहान अबेरसम्म कोही बाहिर ननिस्किएपछि प्रहरीलाई खबर गरिएको थियो ।

घरभित्र कोइला बालेको र धुवाँले निसास्सिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । आमा छोरा र छोरी तीन जना अचेत अवस्थामा उद्धार गरि अस्पताल पठाइएकोमा आमा छोराको उपचारको क्रममा ज्यान गएको बताइएको छ । ९ वर्षीय छोरी रिया थापा भने घाइते अवस्थामा रहेकाले कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ।

  • ४ पुष २०८१, बिहीबार १७:०० प्रकाशित