कर्णालीलाई हराउँदै जनकपुर एनपीएलको फाइनलमा

उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग भिड्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

कर्णाली याक्सलाई हराउँदै जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा पुगेको छ ।

कर्णालीले दिएको ११९ रनको लक्ष्य पछ्याएको जनकपुरले १९ ओभर ८ विकेट गुमाएर पूरा गरेको हो । १९औं ओभरमा १४ रन लिदैं जनकपुरले फाइनल यात्रा तय गर्‍यो । शेर मल्लले १० बलमा अविजित १६ रन बनाए ।

जनकपुरका जिमि निशमले सर्वाधिक ४५ रन जोडे । सामान्य लक्ष्य पछ्याएको जनकपुरको ब्याटिङ जिमिले उकासेका थिए ।बलिङमा कर्णालीका बिपिन खत्रीले सर्वाधिक ३ विकेट लिए ।

त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११८ रन बनाएको थियो । कर्णालीका गुल्सन झाले सर्वाधिक २५ रन जोडे । देव खनालले २४, जिशन मक्सुद १२, चाडविक वाल्टन ११ र विलियम वोसिष्टोले १४ रन बनाए ।
बलिङमा ललित राजवंशी, जिमि निशम र मोहम्मद मोहसिनले दुईदुई, हर्ष थाकर र शेर मल्लले एकएक विकेट लिए ।
कर्णालीलाई हराएको जनकपुरले उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ ।

  • ४ पुष २०८१, बिहीबार १६:१५ प्रकाशित