मलेसियामा जारी महिला यू -१९ एसिया कपको ‘सुपर-४’ को नेपाल र श्रीलंकाबीचको खेल वर्षा कारण रद्ध भएको छ।बर्षा नरोकिएपछि खेल रद्ध भएको हो। खेल रद्ध भएपछि नेपाल र श्रीलंकाले एक-एक अंक बाँडेका छन्।
मलेसियाको क्वालालम्पुरस्थित वेयुमास ओभल क्रिकेट मैदानमा बिहीबार सुरु भएको खेल वर्षाले रोकिएको थियो। नेपालले श्रीलंकाविरुद्ध टस जितेर फिल्डिङ थालेको थियो। पहिलो ओभर सकिएलगत्तै वर्षा सुरु भएपछि खेल रोकिएको थियो।
नेपाल पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराउदैँ सुपर-४ मा प्रवेश गरेको थियो। समूह चरणको अन्तिम खेल पनि वर्षाका कारण रद्द भएपछि नेपाल र भारतले एक-एक अंक बाँडेका थिए।