काठमाडौँ ।
रास्वपा सभापति रवि लामिछानेको हिजो सामाजिक सञ्जालमा हिरासत भित्र सुतिरहेको तस्वीर सार्वजनिक भयो । सुरुमा यो फोटो कसको हो र कहाँको भन्ने अन्यौलता भएको थियो तर पछि प्रहरी हेडक्वाटरले यो फोटो रवि लामिछानेकै भएको पुष्टि गरेको छ ।
सामाजिक सन्जालमा फोटो भाइरल भएपछि गृहमन्त्री रमेश लेखकले प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलाई बिहीबार बिहानै टेलिफोन गरी फोटोको वास्तविकताबारे सोधपुछ गरेका थिए ।
यसैबीच गृहमन्त्री लेखकले कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापतिलामिछानेको तस्बिर सार्वजनिक भएको विषयमा छानबिन गरी दोषीलाई कारबाही गर्न निर्देशन दिएका छन् ।
बिहीबार गृहमन्त्री लेखकले प्रहरी प्रमुख वसन्त बहादुर कुँवरलाई उक्त विषयमा छानबिन गरी दोषी जो सुकै भएपनि कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् ।
बुधबार साँझ राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले सामाजिक सञ्जालमा हिरासत कक्षभित्रको तस्बिर भन्दै सार्वजनिक गरेका थिए ।मन्त्री लेखकले उक्त तस्बिरको विषयमा छानबिन गरी दोषीलाई तत्काल कारबाहीका लागि प्रहरी प्रमुखलाई निर्देशन दिएको जानकारी दिए ।
उक्त तस्बिर आफूले खिचेको रास्वपाकै समर्थक डा निकोलस भुसालले स्वीकार गरिसकेका छन् ।













