काठमाडौँ ।
आज मन्त्रिपरिषद्को नियमित बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो चार बजे बस्नेगरी मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकले सरकारका नियमित कामकारबाहीबारे छलफल र निर्णय गर्ने बताइएको छ ।
बैठकमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे समेत छलफल हुनसक्ने बताइएको छ ।














