मनाङको नेस्याङ केन्द्र भएर ४.७ म्याग्निच्युडको भूकम्पको धक्का

केन्द्रभाग मिडिया

आज बिहान मनाङको नेस्याङलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ७ : ३७ बजे मनाङको नेस्याङ केन्द्र बनाएर ४.७ म्याग्निच्युडको भूकम्प गएको हो । आसपासका जिल्लामा समेत धक्काको महसुस गरिएको थियो ।

यसअघि हिजो मात्र बझाङको धामेना आसपास केन्द्र बनाएर ४।१ रेक्टर स्केलको भूकम्प गएको थियो । २०७२ सालको भुकम्पपछि भुकम्पका धक्काहरु निरन्तर गइरहेको छ ।

  • ४ पुष २०८१, बिहीबार ०८:५४ प्रकाशित