काठमाडौँ ।
नेकपा एमालेले माघदेखि चैतसम्म तीन महिने ‘वडा केन्द्रित अभियान’ अभियान सञ्चालन गर्ने भएको छ ।पार्टीलाई आगामी निर्वाचनमा निर्णायक राष्ट्रिय शक्ति बनाउनका लागि सो अभियान चलाउन लागिएको एमालेले जनाएको छ ।
त्यसका लागि पार्टी केन्द्रीय सचिवालयसँग छलफल गरेर मोडालिटी बनाउने संगठन विभागका सचिव माधव ढुंगेलले जानकारी दिए ।
‘वडा केन्द्रित अभियान सञ्चालन गर्ने सङ्कल्प कार्यशालाले गरिसकेको छ ।केन्द्रीय संगठन विभागको आयोजनामा भएको ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक राष्ट्रिय कार्यशालाले तीन महिने वडाकेन्द्रीत अभियानसहित ६ बुँदे सङ्कल्प गरेको हो ।
मङ्सिर २९ र ३० गते सम्पन्न कार्यशालामा देशभर पार्टीका कार्यकारी जिम्मेवारीमा रहेका, प्रदेश, जिल्ला जनसंगठन र तोकिएका जनप्रतिनिधिहरू सहित ३०० जना सहभागी थिए ।