यो सरकार भ्रष्टाचार नियन्त्रणमा कठोर छ : प्रम ओली

केन्द्रभाग मिडिया

काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार भ्रष्टाचार नियन्त्रणमा कठोर रुपमा प्रस्तुत हुने बताएका छन् ।

भ्रष्टहरूको मुख हेरेर नभइ अपराध हेरेर कारबाही हुने दाबी गरे । ‘देशको अवस्था सच्याउनुछ । सुधार गर्नुछ । देशलाई गरिबीबाट माथि उठाउनुछ । सुशासन दिनुछ । भ्रष्टाचार नियन्त्रण गर्नुछ,’ प्रधानमन्त्री ओलीले भने, ‘भ्रष्टहरूको मुख हेरेर होइन, अपराध हेरेर कारबाही हुन्छ । देशमा सुशासन हुन्छ । जनतालाई दुःख दिन कर्मचारीहरूले पनि पाउँदैनन् । दिन हुँदैन ।’

मंगलबार ललितपुर महानगर स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । यसैबीच ओलीले व्यवस्था र अवस्था दुवै बदलिएको बताएका छन् ।

‘कतिपय मानिसहरूले भन्ने गरेका छन्– व्यवस्था बदलियो अवस्था बदलिएन भनेर । तर व्यवस्था पनि बदलियो र अवस्था पनि बदलियो’, प्रधानमन्त्री ओलीले भने, ‘हिजो निरपेक्ष गरिबीको रेखामुखी ४२ प्रतिशत जनता थिए । थोरै होटल थिए । बाटोको अवस्था कस्तो थियो हिजो रु पुराना मानिसले त देखेकै छ, हिजो ललितपुर कहाँ थियो काठमाडौँ कहाँ थियो कहाँ पुग्यो रु’

जनताको आम्दानीको स्तर र व्यवसायकोस्तर बढेपनि सबैले काम नपाएको अवस्था सत्य रहेको भन्दै प्रधानमन्त्रीले आम रूपमा देश र जनताको अवस्था हिजोकै जस्तो नभएको बताए । उनले उत्तरदायी र जिम्मेवार सरकार अहिले बनेको भन्दै पहिलाको जस्तै कर उठाउन मात्र यो सरकार नबनेको बताए ।

  • २ पुष २०८१, मंगलवार १५:३६ प्रकाशित