सत्ता कानुनले चल्छ, भीडले होइन : गृहमन्त्री लेखक

केन्द्रभाग मिडिया

बुटवल ।

गृहमन्त्री रमेश लेखकले शासन भीडले नभई कानुनले चल्ने बताएका छन् । त्यस्तो भीड नियन्त्रण गर्ने दायित्व सुरक्षा निकायकै भएको पनि उनले बताए ।

गृहमन्त्री लेखकले पछिललो समय साइबर क्राइम बढेको, भीडले सत्ता चलाउने प्रयास हुन थालेको बताउँदै यसलाई पनि नियन्त्रण गर्न निर्देशन दिए । पछिल्लो समय आर्थिक र वित्तीय अपराध बढेको, ठगीका घटना बढेको, रकम अपचलनमा लिप्त हुनेहरू संगठित हुन थालेको र त्यसलाई भीडले ढाकछोप गर्ने प्रयास भइरहेको बताए । ‘सत्ता चलाउने कानुनले हो, भीडले होइन,’ उनले भने, ‘पछिल्ला दिनहरूमा प्रहरी कार्यालय, सरकारी वकिल कार्यालय, अदालत लगायतका स्थानहरूमा भीडले प्रभावित गर्ने प्रयास भइरहेको छ । त्यो नियन्त्रण हुनै पर्छ,’ उनले भने, ‘यस्तो समाजलाई दुषित गारउने तत्वको संरक्षण कुनै पनि अवस्थमा स्वीकार्य हुँदैन् ।’

उनले शान्ति सुरक्षा खलबलिने वित्तिकै मौलिक हकहरू गुम्ने भएकाले लोकतन्त्रको पूर्वसर्त नै शान्तिसुरक्षा रहेको बताए ।

  • २ पुष २०८१, मंगलवार १३:४८ प्रकाशित