आज यस्तो छ विदेशी मुद्रा विनिमयदर (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर डलर एकको खरिददर १३५ रुपैयाँ ४९ पैसा र बिक्रीदर १३६ रुपैयाँ ०९ पैसा रहेको छ । यस्तै हिजो घटेको पाउण्डको भाउ भने आज पुन बढेको छ । आज पाउण्ड एकको खरिददर १७१ रुपैयाँ ४० पैसा र बिक्रीदर १७२ रुपैयाँ १६ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १७० रुपैयाँ ८३ पैसा र बिक्रीदर १७१ रुपैयाँ ५९ पैसा थियो ।

आज युरो एकको खरिददर १४२ रुपैयाँ १३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ७६ पैसा रहेको छ । १० जापानी येनको खरिददर ८ रुपैयाँ ८१ पैसा र बिक्रीदर ८ रुपैयाँ ८५ पैसा छ । भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ६० पैसा र बिक्रीदर १८ रुपैयाँ ६८ पैसा छ ।

आज रियाल एकको खरिददर ३६ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३६ रुपैयाँ २२ पैसा छ । कतारी रियालको मूल्य एकको खरिद दर ३७ रुपैयाँ १७ पैसा र बिक्री दर ३७ रुपैयाँ ३३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर ३० रुपैयाँ ४३ पैसा र बिक्रीदर ३० रुपैयाँ ५६ पैसा रहेको छ ।

  • २ पुष २०८१, मंगलवार ०९:३२ प्रकाशित