यू–१९ महिला एसिया कप : आज भारतसँग खेल्दै नेपाल

केन्द्रभाग मिडिया

Photo : CAN

काठमाडौं ।

एसीसी यू–१९ महिला एसिया कप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले आज भारतसँग खेल्दैछ ।

समूह बी मा रहेका नेपाल र भारतबीचको खेल नेपाली समयअनुसार विहान ११ : ४५ बजे क्वालालम्पुरस्थित बायुमास ओभलमा सुरु हुनेछ ।यसअघि नेपालले आफ्नो पहिलो खेलमा सोमबार पाकिस्तानलाई हराएको थियो । पाकिस्तानलाई हराएसँगै नेपाल सुपर फोरमा पुगिसकेको छ ।

भारतले पनि पहिलो खेलमा पाकिस्तानलाई हराइसकेकाले नेपाल एक जितले सुपर फोरमा प्रवेश गरेको हो ।

  • २ पुष २०८१, मंगलवार ०९:१८ प्रकाशित