इक्यान कास्की अध्यक्षमा ओमप्रकाश गैरे, सचिवमा सुरेन्द्र बराल चयन

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान)  कास्कीमा नयाँ नेतृत्व आएको छ । शाखाको १३ औँ साधारण सभा तथा सातौं अधिवेशनबाट ओमप्रकाश गैरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

इक्यानको सातौं अधिवेशनबाट पदाधिकारीसहित ८ जनाको नयाँ नेतृत्व चयन भएको संघका सचिव सुरेन्द्र बरालले जानकारी दिए । अधिवेशनबाट उपाध्यक्षमा धनबहादुर शाही ९सन्तोष० पुनः दोहोरिएका छन् । यस्तै सचिवमा सुरेन्द्र बराल, कोषाध्यक्षमा देवबहादुर क्षेत्री निर्वाचित भएका छन् ।  उपाध्यक्ष वाहेकका पदाधिकारीका लागि सहमती नभए पछि मतदान प्रकृयाबाट नेतृत्व चयन गरिएको उपाध्यक्ष धनबहादुर शाहीले बताए ।

अध्यक्षमा विश्वकल्याण अधिकारीलाई पराजित गदै गैरे निर्वाचित भएका हुन् । सचिवमा गणेश कार्कीलाई पराजित गदैँ बराल निर्वाचित भएका हुन् । भने कोषाध्यक्षमा रुद्र गिरीलाई पराजित गदैँ क्षेत्री निर्वाचित भए । यस्तै सदस्यहरुमा डम्बरबहादुर जिसी, बिक्रम बहादुर बस्नेत, राजन पन्थी र टंकराज बराल सर्वसम्वत चयन भएका छन् । निर्वतमान अध्यक्ष कार्यसमितिमा स्वतः चयन हुने व्यवस्था अनुसार रमेशकुमार थापासहित ९ सदस्यीस नयाँ समिति बनेको छ । निर्वाचित नयाँ समितिको कार्यकाल दुइ वर्षको हुने छ ।

इक्यानले संघको अधिवेशनका लागि पुष्पराज भट्टराईलाई प्रतिनिधि खटाएको थियो । इक्यानका अध्यक्ष शेषराज भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा इक्यानका पूर्वअध्यक्ष विष्णुहरी पाण्डे, इक्यान उपाध्यक्ष भुवन क्षेत्री, इक्यान कास्कीका पूर्वअध्यक्ष इवेन्द्रराज तिवारी र सल्लाहकार महेश पौडेलले बोलेका थिए ।
साधारण सभाले सचिवको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष गणेशबहादुर कार्कीको आर्थिक प्रतिवेदन पास गरेको छ । संघमा ५० संस्था आवद्ध छन् ।

  • १ पुष २०८१, सोमबार २०:१७ प्रकाशित