नक्कली शरणार्थी प्रकरण : बेचन झा र प्रतिक थापालाई थुनामै पठाउन उच्चको आदेश

केन्द्रभाग मिडिया

काठमाडौँ ।

उच्च अदालत पाटनले नक्कली शरणार्थी प्रकरणमा मुछिएका बेचन झा र प्रतिक थापालाई थुनामै पठाउन आदेaश गरेको छ । जिल्ला अदालत काठमाडौँले थुनामा पठाएपछि उनीहरु उच्च अदालत पाटन पुगेका थिए ।

न्यायाधीशहरू अन्जु उप्रेती ढकाल र कैलाशप्रसाद सुवेदीको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने निर्णय सदर गरेको हो । दुवै प्रतिवादीलाई २०८१ भदौ २ गते जिल्ला अदालत काठमाडौँले थुनामा पठाउने आदेश गरेको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा झाविरुद्ध पूरक अभियोग दर्ता भएको थियो भने पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा विरुद्ध सुरुमै अभियोग पत्र दायर भएको थियो । उनी तत्कालीन समयमा फरार रहेका थिए ।

पछि अदालतमा पक्राउ गरेर पेस गरेपछि पुर्पक्षका लागि थुनामा पठाएको थियो । दुवै मुद्दा जिल्ला अदालतमा विचाराधीन रहेको छ।

  • १ पुष २०८१, सोमबार १६:४८ प्रकाशित