पोखरा ।
आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले सार्वजनिक गरेको तरकारीको मुल्य सूचीअनुसार गोलभेडाँ र आलुको भाउ सस्तिएको छ ।
आज सानो गोलभेडाँ केजीको ६४ रुपैयाँ देखि ७८ रुपैयाँ सम्म किनबेच भएको छ । ठुलो गोलभेडाँ ७० देखि ८० रुपैयाँ सम्म किनबेच भएको छ । यसअघि सानो गोलभेडाँ के.जीको ६८ रुपैयाँदेखि ८७ रुपैयाँ सम्म र ठुलो गोलभेडाँ ८० देखि १०० रुपैयाँ सम्म किनबेच भएको थियो । आलु रातो र सेतो दुवै ६० देखि ६५ रुपैयाँमा किनबचे भएकोमा आज ५० देखि ६० रुपैयाँमा किनबेच भएको छ ।
गाजर के.जीको १०० देखि १५० रुपैयाँ, मुला ५० देखि ६० रुपैयाँ, बन्दा ५० देखि ६० रुपैयाँमा किनबेच भएको छ ।काउली १०० देखि १६० रुपैयाँ रहेको छ ।
प्याज सुकेको ९० देखि १२० रुपैयाँमा किनबेच भएको छ ।
अन्य तरकारी, फलफुल तथा मासुको मुल्य हेर्न यहाँ क्लिक गर्नुहोस ।















