पोखरा ।
हिसान गण्डकी प्रदेश समितिको अध्यक्षमा डा. रामजी शर्मा चयन भएका छन् । शनिबार अबेर सम्पन्न हिसान गण्डकीको दोस्रो अधिवेशनले डा. शर्माको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा छविलाल कंडेल, उपाध्यक्षमा बालकृष्ण शर्मा, सचिवमा डिल्लीराम अधिकारी, कोषाध्यक्षमा टुवराज बास्तोला, सहसचिवमा अशोक शाही र सहकोषाध्यक्षमा दीपक शर्मा मरासिनी चयन भए ।
सदस्यमा लक्ष्मण कंडेल, पम्फा गुरुङ, सुदर्शन कुमार श्रेष्ठ, बिशेश्र्वर आचार्य, नारायण न्यौपाने र अर्जुन प्रसाद पाण्डे चयन भए ।















