काठमाडौं ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि)को कार्यकारी परिषद्ले ८ डीन नियुक्त गरेको छ । शनिबार डीन नियुक्त गरिएको रजिस्ट्रार केदार प्रसाद रिजालले जानकारी दिए ।
कार्यविधिको आधारमा नियुक्त गरिएको छ । सर्वसम्मतिले डीन नियुक्त गरिएको हो ।प्रधानमन्त्री एवम् त्रिविका कुलपति केपी शर्मा ओलीले ७ पुस भित्र नियुक्त गर्न निर्देशन दिएका थिए ।
निर्देशकमा शिक्षा विकास तथा अनुसन्धान केन्द्रको निर्देशकमा डा। सहप्राध्यापक राजेन्द्र कुँवर, व्यवहारिक तथा प्रविधि अनुसन्धान केन्द्रको निर्देशकमा प्रा।डा। मीना राजभण्डारी र योजना निर्देशनालयका निर्देशकमा सहप्राध्यापक डा। लक्ष्मीकान्त शर्मा नियुक्त भएका हुन् ।
यी हुन त्रिविका नवनियुक्त डिनहरु
शिक्षाशास्त्र संकाय प्रा.डा बेदराज आचार्य
वन विज्ञान अध्ययन संस्थान – सहप्राध्यापक ठाकुर सिलवाल
चिकित्साशास्त्र अध्ययन संस्थान- प्रा.डा. मोहोनराज शर्मा
मानविकी तथा सामाजिकशास्त्र- प्रा.डा. द्विविनन्द ढकाल
व्यवस्थापन संकाय- प्रा.डा. महानन्द चालिसे
विज्ञान तथा प्रविधि अध्ययन संस्थान- प्रा.डा.शंकर खनाल
कृषि र पशुविज्ञान अध्ययन संस्थान- सहप्राध्यापक डा.किशोरचन्द्र दाहाल
इन्जिनियरिङ अध्ययन संस्थान-प्रा.डा. सुशीलबहादुर बज्राचार्य