पोखरा ।
पोखरेली युवा साँस्कृतिक परिवारको अध्यक्षमा रीता अधिकारी चयन भएकी छन् । पोखरेली युवा साँस्कृतिक परिवारको ४२ औँ साधारण सभा तथा अधिवेसनले रीता अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
परिवारको उपाध्यक्षमा लक्षमण थापा, सचिवमा एमडी काफ्ले, कोषाध्यक्षमा अर्जुन अधिकारी, सह–सचिवमा हसिना बस्नेत, साहित्य संयोजकमा केशु शर्मा,संगीत संयोजकमा मिलन गिरी, कला संयोजकमा हेमकान्ती गुरुङ्ग र सदस्यमा शिव त्रिपाठी,डा.शरण आँसु,शिव सङ्कल्प,ढाकामोहन बराल,सङ्गीता बराल बिसीचयन भएका छन् ।
निर्वाचित हुँदै अध्यक्ष रीता अधिकारी ’ऋतु’ले संस्थाको गरीमालाई जोगाउन आफ्नो कार्यकालमा सबैको साथ र सहयोगले पुराना कार्यक्रमलाई निरन्तरता सँगै केही नयाँ योजना ल्याउने प्रतिबद्घता जनाइन् ।
कार्यक्रममा सरुभक्त, तीर्थ श्रेष्ठ,रमेश श्रेष्ठ, सरस्वती प्रतिक्षा, उपेन्द्र पौडेल, प्रकाश ज्ञवाली,भोज जिसी लगायतले बोलेका थिए । संस्थाका निर्वतमान अध्यक्ष उपेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न उक्तकार्यक्रममा चैतन्य अधिकारीले सचिवको र अर्जुन अधिकारीले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।