पोखरा ।
नेपाल पत्रकार महासंघ कास्कीको अध्यक्षमा माधव बराल निर्वाचित भएका छन् । प्रेस चौतारी र प्रेस युनियनका साझा उम्मेद्वार बरालले प्रेस सेन्टर र समाजवादी पत्रकारका उम्मेद्वार राजेन्द्र अधिकारीलाई ९ मतान्तरले पराजित गरेका हुन् । बरालले १ सय ५ मत ल्याउदा उनका प्रतिद्धन्दी राजेन्द्र अधिकारीले ९६ मत प्राप्त गरे । २२० मतदाता रहेको कास्की शाखामा २०५ जनाले मतदान गरेका थिए ।
त्यसैगरी उपाध्यक्षमा माधव रेग्मी बिजयी भएका छन । रेग्मीले ९० मत प्राप्त गर्दा उनका प्रतिद्धन्द्धी श्रीराम सिग्देल र कमल पौडेलले क्रमश ७७ र ३५ मत प्राप्त गरे ।उपाध्यक्ष महिलामा कन्चन थापाले १०९ मत सहित बिजयी भइन । उनका प्रतिद्धन्द्धी बिना कुमारी थापाले ८७ मत प्राप्त गरिन । त्यस्तै सचिवमा भुपाल गुरुङ बिजयी भए । गुरुङले १०२ मत ल्याउदा उनका प्रतिद्धन्द्धी सन्देश श्रेष्ठले ९८ मत प्राप्त गरे । समावेशी सह सचिवमा धन बहादुर गुरुङ बिजयी भए धन बहादुर गुरुङले १२६ मत ल्याउदा उनका प्रतिद्धन्द्धी दिल प्रसाद गुरुङले ७२ मत प्राप्त गरे ।
सहसचिवमा मधुु अधिकारीले ११८ मत प्राप्त गर्दै बिजयी भए । उनका प्रतिद्धन्द्धी श्रीभद्र पौडेलले ८० मत प्राप्त गरे । त्यस्तै कोषाध्यक्षमा राजाराम पौडेल बिजयी भए पैडेलले ११७ मत प्राप्त गर्दा उनका प्रतिद्धन्द्धी सुरेश अधिकारीले ८० मत प्राप्त गरे ।त्यसैगरी महिला सदस्यमा कबिता घर्ती मगर १०१ मत सहित बिजयी भइन । उनका प्रतिद्धन्द्धी देविका तामाङले ९४ मत प्राप्त गरिन ।
सदस्य दलितमा सुरेश सुनार १४३ मत सहित बिजयी भएभने उनका प्रतिद्धन्द्धी सन्तोष परियारले ५१ मत प्राप्त गरे । आदिवासी जनजाती मा पुनम थापा मगर र अन्य समावेशी सदस्यमा सूर्य परियार निर्विरोध निर्वाचित भए । खुल्ला सदस्यहरुमा [अर्जन] सुशान्त गाहा, गौरव त्रिपाठी, राजु गिरी, बालकुमारी पौडेल, सन्तोष सुवेदी, रिखिराम जिसी, तुलसीराम सुवेदी, निराजन अधिकारी र पुष्पराज दाहाल निर्वाचित भए ।
राष्ट्रिय परिषद सदस्यमा आरजु विष्ट सल्यानी (मोहनकुमार विष्ट), दिननाथ बराल, कृष्णमणि बराल, भरत कोइराला, र राजबहादुर गुरुङ बिजयी भए ।














