कास्कीको मादीका दुर्गालाई पेट्रोल छर्केर आगो लगाई फरार युुवक पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।

कास्कीको मादी गाउँपालिका–५ ठुलास्वाराका ४८ वर्षीय दुर्गा बहादुर गुरुङलाई पेट्रोल छर्किएर आगो लगाई फरार भएका उमेश राईलाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो (बिहीबार)आफ्नै घरमा बसिरहेको अवस्थामा गुरुङलाई एक्कासी पेट्रोल छर्किएर आगो लगाएर राई फरार भएका उमेशलाई प्रंकाउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

गुरुङलाई पेट्रोल छर्किएर आगो लगाएर फरार भएको सूचनापछि खोजतलाजको क्रममा खोटाङ दिक्टेल रुपाकोट मझुवागढी नगरपालिका–१२ घर भएका राईलाई मादी गाउँपालिका–५ सुनपहेँली स्थित पुरानो स्कुलमा लुकिछिपि बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।

डिएसपी शर्माका अनुसार आगो लागेर घाइते भएका गुरुङको किर्तिपुर बर्न अस्पतालमा उपचार भईरहेको छ । आगलागीबाट घाइते भएको गुरुङको पोखरास्थित पोखरा क्षेत्रीय अस्पतालबाट आज मणिपाल शिक्षण अस्पताल पठाएपनि थप उपचारको लागि काठमाडौं पठाइएको कास्की प्रहरीले जनाएको छ ।

गुरुङलाई पेट्रोल छर्किएर आगो लगाएको आरोपमा पक्राउ परेका राईको साथबाट प्रहरील ३ थान लाईटर, १ थान बोत्तल, ३ थान मोवाईल र १ थान लाईसेन्स बरामद गरेको छ ।

पक्राउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट ज्यान मार्ने उद्योग सम्बन्धी मुद्धामा ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।

  • २८ मंसिर २०८१, शुक्रबार १८:३४ प्रकाशित