पोखरा ।
वडा प्रहरी कार्यालय रामबजारको टोलीले भरुवा बन्दुक सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्की मादी गाउँपालिका वडा नं ७ मेलवोटका ३२ वर्षिय साईला भन्ने कुल प्रसाद वि.क. र सोही ठाउँ पानीघाट बस्ने २२ वषिएय सुमन तामाङ रहेका छन ।
गत मंसिर २४ गते रातको साढे ११ बजेको समयमा मेलबोट लिचुभन्ने जंगल नजिकै रहेको गाईगोठमा भरुवा बन्दुक चेकजाँच गर्ने क्रममा एक्कासी पड्किदा सोही ठाउँ बस्ने बिनोद सुनार घाइते भएका थिए । घाइते सुनारको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याएपछि उक्त कुरा बाहिर आएको थियो ।
त्यस पश्चात वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले बिक र तामाङले लुकाइछिपाइ राखेको अवस्थामा एकनाले भरुवा बन्दुक बरामद गरिएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माले जानकारी दिए ।
उक्त हतियारकोे ईजाजतपत्र कागजात नभएको हुँदा कास्की जिल्ला अदालतबाट हातहतियार तथा खरखजना सम्बन्धी मुद्दामा ६ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको समेत प्रहरी प्रवक्ता शर्माले जानकारी दिए ।