पत्रकार महासंघ मुस्ताङमा सर्वसम्मत, अध्यक्षमा सुनदेवी र सचिवमा आदित्य

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल पत्रकार महासंघ मुस्ताङ शाखामा सर्वसम्मत कार्यसमिति चयन भएको छ ।

सहमति अनुसार मुस्ताङ शाखाको अध्यक्षमा सुनदेवी रसाइली, उपाध्यक्ष तृष्णा गौचन, उपाध्यक्ष महिला फूलकुमारी नेपाली, सचिवमा आदित्य रसाइली, कोषाध्यक्षमा नीरज थकाली, सहसचिवमा सरस्वती ल्वागुन, सहसचिव समावेशीमा हिक्मत नेपालीको मात्रै उम्मेदवारी परेको हो। सबै पदमा एक/एकजनाको मात्रै उम्मेदवारी परेको हो ।

कार्यसमिति सदस्यमा वसन्त पौडेल र पेमा छेतेन विकको मात्र उम्मेदवारी छ । केन्द्रीय परिषद सदस्य चन्द्रेश्वर बस्ताकोटी र प्रदेश परिषद सदस्यमा लक्ष्मी पौडेलको मात्रै उम्मेदवारी परेको छ ।  संस्थापक अध्यक्ष एवं मुख्य निर्वाचन अधिकृत भीम रसाइली र वर्तमान अध्यक्ष सुन्दर थकालीसहितको पहलमा सर्वसम्मत कार्यसमिति चयन भएको हो ।

  • २६ मंसिर २०८१, बुधबार २१:२७ प्रकाशित