पोखरा ।
पोखरा महानगरपालिका वडा नं. २० भलाम स्थित कालिखोला सेतिदोभान जोड्ने झोलुङ्गे पुलको बुधबार शिलान्यास गरिएको छ ।
पुलको शिलान्यास गर्दै प्रमुख अतिथि वडा नं. २० का वडा अध्यक्ष गंगा बहादुर खत्रीले विकासका लागि सबैले हातेमालो गरी अगाडि बढ्न वडाबासीलाई आग्रह गर्नुभयो । विकासका लागि आफूले कुनै राजनीतिक पूर्वाग्रह नराखी वडाको विकासका हिडेको बताउँदै यस झोलुङ्गे पुल बनेसँगै दाहसंस्कारका लागि घाटमा जानका लागि हाल भइरहेको समस्या टर्ने बताए ।
झोलुङ्गे पुल बनेपछि साविक भलाम १, २, ६, ७, ८ र ९ नं. वडाका लागि घाटसम्म जान आउन सहज हुनेछ । नौलो घुम्तीको प्राविधिक सहयोग रहेको पुलको कुल बजेट ५३ लाख रहेको समितिका सचिव रेशम खत्रीले बताउँदै पुल माघ मसान्तसम्म सम्पन्न हुने जानकारी दिए ।
शिलान्यास कार्यक्रममा वडाबासीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।