एनपीएलको प्लेअफ होडबाट बाहिरियो लुम्बिनी

केन्द्रभाग मिडिया

लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ होडबाट बाहिरिएको छ ।

बुधबार भएको खेलमा काठमान्डु गुर्खाजसँग १८ रनले पराजित भएपछि लुम्बिनी एक खेल अगावै लिग चरणबाट बाहिरिने पक्का भएको हो । ६ खेल खेलिसकेको लुम्बिनीले जम्मा १ खेल जित्दा ५ खेलमा हार व्यहोरेको छ ।

काठमान्डुले भने ४ खेलमा दोस्रो जित हो र ४ अंक खातामा जोडेको छ । काठमान्डुले प्लेअफ सम्भावना पनि कायम राखेको छ ।काठमान्डुले दिएको १०४ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९।२ ओभरमा सबै विकेट गुमाएर ८५ रनमा अलआउट भएको हो ।

  • २६ मंसिर २०८१, बुधबार १६:४६ प्रकाशित