एनपीएल : पोखरा एभेन्जर्सको तेस्रो हार, लुम्बिनीको पहिलो जित

केन्द्रभाग मिडिया

जारी नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्सले तेस्रो हार बेहोरेको छ । पोखरा एभेन्जर्सलाई कर्णाली याक्सले ७ विकेटले पराजित गरेको हो ।

विलियम बोसिस्टोले कीर्तिमानी प्रदर्शन गर्दै एकै खेलमा ६ विकेट लिँदा कर्णाली याक्सले नेपाल प्रिमियर लिग ९एनपीएल० मा लगातार तेस्रो जित हात पारेको छ ।

५ खेलमा ३ खेल जितेको कर्णाली ६ अंक जोडेर चौथो स्थानमै छ । कर्णालीले यस जितपछि प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको छ । सुदूरपश्चिम रोएल्स र चितवन राइनोजको पनि समान ६ अंक भएपनि कर्णाली नेट रनरेटमा पछि छ । पोखराको भने चार खेलमा यो तेस्रो हार हो । चार खेलबाट पोखराको खातामा २ अंक मात्र छ ।

पोखराले दिएको १०४ रनको लक्ष्य कर्णालीले १५ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो ।

लुम्बिनीको पहिलो जित

लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा अन्ततः पहिलो विजय हात पारेको छ । कप्तान रोहित पौडेलले फेरि एउटा सानदार इनिङ्स खेल्नुका साथै अलराउन्ड प्रदर्शन गरेपछि लुम्बिनी लायन्सले मंगलबार चितवन राइनोजलाई ३३ रनले पराजित ग¥यो ।

नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितको नेतृत्वमा रहेको लुम्बिनी पहिलो चार खेलमै पराजित भएको थियो । प्रतियोगिताको सर्वाधिक रनकर्ता रोहितले ५७ बलमा ८० रन बनाएपछि टस हारेर ब्याटिङमा आएको लुम्बिनीले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ६७ रन बनाएको थियो ।

जवाफमा आएको चितवनले ८ विकेट गुमाई १ सय ३४ रनमात्र बनाउन सक्यो । पाँचौं खेलमा चितवनको यो दोस्रो पराजय हो ।

  • २५ मंसिर २०८१, मंगलवार १६:४६ प्रकाशित