काठमाडौं ।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजले टस जितले पहिले बलिङ रोजेको छ ।
कीर्तिपुर क्रिकेट मैदानमा टस जितेपछि चितवनका कप्तान कुशल मल्लले लुम्बिनी लायन्सलाई ब्याटिङको निम्तो दिएका हुन् । लगातार चार खेलमा पराजित भएको लुम्बिनीले अहिले ब्याटिङ गरिरहेको छ ।
दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच खेल हुने छ । दोस्रो खेल दिउँसो १ः१५ बजे आरम्भ हुने छ ।