रवि लामिछानेको आजबाट औपचारिक बयान हुने

केन्द्रभाग मिडिया

File photo

काठमाडौँ ।

रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको आजदेखि औपचारिक बयान सुरु हुने भएको छ ।

सहकारीको रकम अपचलन सम्बन्धी कसुरमा अनुसन्धानका लागि पर्सा पुर्‍याइएका लामिछानेसँग यसअघि सोमबार पर्सा प्रहरीले प्रारम्भिक बयान लिएको छ । आजबाट औपचारिक बयान सुरु हुने भएको हो ।

बयान सकिएपछि लामिछानेलाई फेरि कास्की पठाउने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई हिजो पोखराबाट हवाई मार्ग हुँदै काठमाडौँ ल्याई सिमरा पुर्‍याइएको थियो। त्यहाँबाट लामिछानेलाई गाडीमा वीरगन्ज लगिएको थियो।

लामिछानेलाई पर्सा लग्ने जानकारी पाएपछि उनका समर्थकहरूले सिमरामा प्रदर्शन गरेका थिए। सानो पाइला बचत सहकारीको झन्डै एक अर्ब ३५ करोड रुपैयाँ हिनामिना विरुद्ध उजुरी परेपछि पर्सा जिल्ला अदालतले लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको थियो।

  • २५ मंसिर २०८१, मंगलवार ०८:४३ प्रकाशित