भारतीय गुन्डाको नाममा धम्क्याउन ५ लाख दिएको दुर्गा प्रसाईद्धारा स्वीकार

केन्द्रभाग मिडिया

काठमाडौँ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भारतीय गुन्डा लरेन्स विश्नोईको नाममा धम्क्याउन आफुले ५ लाख रुपैयाँ दिएको स्वीकार गरेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले लिएको बयानमा प्रसाईले सो कुरा स्वीकार गरेको बताइएको छ । फर्जी कागजात सार्वजनिक गरेको अभियोगमा अनुसन्धानका लागि साइबर ब्युरोको हिरासतमा रहेका प्रसाईंसँग सीआईबीले पनि बयान लिएको हो ।

सीआईबले भारतीय गुण्डा नाइके लरेन्स विश्नोईको नाम लिएर व्यवसायीहरूलगायतलाई धम्क्याएको आरोपमा उनीसँग बयान लिएको हो । यही प्रकरणमा झापाका हरिचन्द्र फुयललाई पक्राउ परेका थिए भने यसबारे दुर्गाको संलग्नता खुलेपछि यसअघि नै उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

  • २४ मंसिर २०८१, सोमबार १६:०२ प्रकाशित