पूर्वडीआइजी तथा गोरर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशीलाई अनुसन्धानको लागि पर्सा लगिएको छ ।
सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेका छविसँगै रामबहादुर खनाललाई पनि पोखराबाट पर्सा लगिएको छ ।
पर्साको सानोपाइला सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पनि पक्राउ पूर्जी जारी भएकाले उनीहरुलाई पर्सा लगिएको हो ।
उनलाई आइतबार बेलुका पोखराबाट गाडीको बाटो हुँदै आज बिहान पर्सा पुर्याइएको प्रहरी स्रोतले बताएको छ । आज जिल्ला सरकारी वकिलको कार्यालयमा उनको बयान लिइने छ । त्यसपछि पुनः पोखरा फर्काइने छ ।
रास्वपा सभापति रवि लामिछानेलाई पनि पोखराबाट पर्सा लैजाने तयारी छ । समय भने निश्चित नभइसकेको छैन ।














