लेखनाथ ।
शनिवार देखि कास्कीको लेखनाथमा जारी २५औं आर्दश कप फुटवल प्रतियोगिताको दोस्रो दिन भएको खेलमा सशस्त्र प्रहरी वल गण्डकी मुख्यालय ३–१को अग्रताले सेमीफाईनलमा प्रवेश गरेको छ ।
आदर्श युवा क्लवको आयोजनामा भएको प्रतियोगितामा सहभागी आठ टिम मध्य आईतवार भएको खेलमा नेपाल आर्मी,शिद्धिदल गण पश्चिम पृतनाको टिमलाई सशस्त्र प्रहरी वल गण्डकी मुख्यालय(ए पी एफ )३–१ का साथ विजयको सुरुवात गरेको हो ।
प्रतिश्प्रदात्मक रुपमा भएको खेलको २५ औं मिनेटमा सशस्त्रका नवराज मगरले आफनो टिमको तर्फबाट पहिलो गोल गर्न सफल भएका थिए । यसैगरि खेलको दोस्रो हाफमा पनि दुवै समुहको प्रतिष्पर्धात्मक खेलले दर्शकलाई थप मनोरञ्जन प्रदान गरे पनि सुरुवाती देखि नै अग्रता लिएको सशस्त्रको तर्फबाट ६५ औ मिनेटमा रन्जित चौधरीले दोस्रो गोल गरी आफनो टिमलाई थप वलियो बनाउन सफल भएका थिए ।
यता खेलको अन्तिम समयको नजिक पुन सशस्त्र कै प्रविन स्याङतानले ७० औं मिनेटमा तेस्रो गोल गरि टिमलाई अझ वढि वलियो बनाएका थिए भने खेलको थप अतिरिक्त तीन मिनेटको समयमा नेपाल आर्मीको तर्फबाट मदन लिम्वुले सान्तोना गोल फर्काउन सफल भएका थिए ।
यसैविच आईतवारको खेलको म्यानअफ दी म्याचको उपादी सशस्त्रका प्रविन स्याङतानले प्राप्त गरेका छन् उनले टर्फी सहित नगद पाँच हजार पुरस्कार पाएका छन् ।
जारी खेलको दोस्रो दिन गण्डकी प्रदेशका पुर्व सासंद दिपक कोईरालले खेलले अनुशासनको शिक्षा दिनुको साथै स्थानिय स्तरमा गरिने खेलकुद प्रतियागिताले नयाँ नयाँ खेलाडी उत्पादनमा सहयोग पुग्ने भएकाले यस क्षेत्रको खेलकुदको विकासका लागि लेखनाथ खेलमैदानलाई पोखरा कै वैकल्पीक र®शाला बनाउन पर्नेमा जोड दिएका थिए ।
निरन्तरता हाम्रो प्रतिवद्धता,फुटवल खेलको विकास हाम्रो दृढता भन्ने मुल नाराका साथ आदर्श युवा क्लवले मंसिर २२ देखी २९ गतेसम्म गर्न लागेको प्रतियोगिताको मुख्य प्रायोजकक शौर्य सिमेन्ट रहेको छ ।
प्रतियोगिताको विजेतालाई नगद ४ लाख २५ हजार पाँच सय २५ रुपैया र उपविजेतालाई २ लाख २५ हजार पाँचसय २५ रुपैया सिल्ड,मेड र प्रमाण पत्र प्रदान गरिने छ भने विभिन्न विधामा खेलाडीलाई पुरस्कृत गरिने जनाईएको छ ।