बाजुरामा स्कारपियो दुर्घटना : दुई जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

तस्वीर : सामाजिक सञ्जाल

धनगढी ।

बाजुरामा स्कारपियो दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । सदरमुकाम मार्तडीमा सुदूरपश्चिम प्रदेश ०१–००१ च ४३१६ नम्बरको स्कारपियो दुर्घटना हुँदा दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

ज्यान गुमाउनेमा भीमदत्त नगरपालिका–१८ की ५२ वर्षीया राधिका भट्ट र ३१ वर्षीय गायत्री पन्त रहेका छन् । पन्तको घटनास्थलमै र भट्टको उपचारका क्रममा ज्यान गएको हो ।

दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । घाइते हुनेमा बाजुराको गौमुल गाउँपालिकाका २५ वर्षीय रमेश धामी, कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ का ३९ वर्षीय लोकेन्द्र पन्त र कञ्चनपुरको गुलरियाका मोहनदेव भट्ट रहेको प्रहरीले जनाएको छ ।

उनीहरूको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ ।

  • २३ मंसिर २०८१, आईतवार १५:५१ प्रकाशित