रवि लामिछानेलाई १३ दिन म्याद थप माग गर्दै अदालत उपस्थित गराइयो

केन्द्रभाग मिडिया

पोखरा ।
सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई १३ दिनको म्याद थप माग गर्दै कास्की प्रहरीले जिल्ला अदालत कास्कीमा उपस्थित गराएको छ । लामिछाने माथि अनुसन्धान अझै नसकिएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार म्याद थपका लागि पुनः अदालत उपस्थित गराएको हो ।

गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई सोही दिन कास्की लगिएको थियो । त्यसपछि रुपन्देही र काठमाडौंमा बयान सकेर उनलाई गत मंगलबार चितवन समेत लगेर बयान लिइएको थियो । सुरुमा उनीमाथि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान थालिएको थियो ।

कास्की प्रहरीले सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अनुसन्धान गरिरहेको छ । लामिछानेमाथि पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, चितवनको साहारा सहकारी लगायतमा भएको रकम हिनामिनाको आरोपमा अनुसन्धान भइरहेको छ ।

  • २३ मंसिर २०८१, आईतवार ११:५८ प्रकाशित