काठमाडौं ।
एक व्यक्तिलाई झुक्याएर भारत लैजादै गर्दा नुवाकोटका शिसिर तामाङ कपिलबस्तुबाट पक्राउ परेका छन ।
पक्राउ परेका नुवाकोटको दुप्चेश्वर गाउँपालिका ७ का २५ वर्षीय शिसिर तामाङलाई मानव बेचबिखन सम्बन्धी मुद्धामा म्याद थप गरी अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जनाएको छ ।
प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक माधव विश्वकर्माका अनुसार तामाङलाई कृष्णनगर नगरपालिका–२ लीङगेटबाट नियन्त्रणमा लिइएको हो ।