राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सभापति रवि लामिछानेको डायरी हिरासतबाटै गायब पारिएको आरोप लगाएको छ।
शुक्रबार रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले विज्ञप्ति जारी गर्दै लामिछानेलाई सरकारले अपराधीस्तो व्यवहार गरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकारकर्मी गुहारेका हुन्।
५ वटा सहकारी ठगीको अनुसन्धानका क्रममा रहेका लामिछानेको नैसर्गिक मानव अधिकार हनन भएको समेत रास्वपाको ठहर छ। यसलाई निर्मम कदम भन्दै औचित्य पुष्टि गर्नुपर्ने रास्वपाको चुनौती छ।
रास्वपाले चितवन प्रहरीको हिरासतबाट राति नै कास्की प्रहरीको हिरासतमा लगिएको भन्दै आपत्ति पनि जनाएको छ।













