सूर्यदर्शन सहकारी ठगीको आरोपमा फरार रहेका अभियुक्त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।प्रहरीको खोजी सूचीमा रहेका सहकारी सदस्य कृष्ण गुरुङलाई लन्डन जान लाग्दा विमानस्थलबाट पक्राउ गरिएको हो।
उनलाई पोखरा ल्याइ सकिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्त शर्माले बताए।अहिले जिल्ला सरकारी वकिल कार्यालयमा बयान भइरहेको कास्की प्रहरीले बताएको छ ।
गुरुङविरुद्ध प्रहरीले यसअघि नै पक्राउ अनुमति लिइसकेको छ।