करेन्ट लागेर २ जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

सांकेतिक तस्वीर

काठमाडौँ ।

मकवानपुर र सिराहामा करेन्ट लागेर २ जनाको ज्यान गएको छ । प्रहरीका अनुसार मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ गोल्पिङटार बस्ने ५८ वर्षीय मन्ताज मियाको करेन्ट लागेर ज्यान गएको छ ।

बुधबार दिउँसो आफ्नै घरको तला थप्नको लागि पिल्लरको काम भइरहेको अवस्थामा फलामको रड घरतर्फ ल्याउने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका उनको सीएमसी चुरेहिल अस्पताल हेटौँडामा उपचारको क्रममा ज्यान गएको हो ।

त्यस्तै सिराहाको धनगढीमाई नगरपालिका–५ जयपुर टोल बस्ने ३६ वर्षीय रघुनाथ साहको पनि करेन्ट लागेर ज्यान गएको छ । बुधबार बेलुकी आफ्नै घरमा विद्युतीय मोटर चलाई नुहाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा ज्यान गएको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जानकारी दिएको छ ।

  • २० मंसिर २०८१, बिहीबार १६:४४ प्रकाशित