नयाँ ढंगबाट विद्रोहमा उत्रेको माओवादी अध्यक्ष प्रचण्डको दाबी

केन्द्रभाग मिडिया

तस्बिर : प्रदीपराज वन्त

 

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूनयाँ ढंगको जनविद्रोहका लागि अगाडि बढेको दाबी गरेका छन् । गणतन्त्र सेनानी कोषले बुधबार राजधानीमा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले विद्रोहका लागि जनयुद्ध लडेका शक्तिलाई समेत एकजुट हुन आग्रह गरेका छन् ।

‘मैले प्रतिनिधिसभाबाट फेरि विद्रोह सुरु गरिसकेँ । षड्यन्त्रकारीहरूले जालझेल गरेर आफ्ना शक्ति अगाडि बढाएका छन् ।’ उनले भने, ‘जनयुद्धमा जस्तै फेरि जनताको तागत देखाउने बेला आयो । क्रान्तिकारी योद्धाहरूलाई संगठित गर्ने, सबै क्रान्तिकारी पार्टीहरूलाई एकजुट गर्ने सडकमा विशाल शक्ति ल्याएर षड्यन्त्रकारीहरूलाई परास्त गर्न म जनयुद्ध लडेका पार्टी र योद्धाहरूलाई अपिल गर्छु ।’

माओवादी जनयुद्ध जस्तो व्यवस्थित विद्रोह इतिहासमै नभएको उनले दाबी गरे । दलाल नोकरशाह, पुँजीपति, बिचौलिया जस्ता जनयुद्धलाई अपमानित र अवमूल्यन गर्ने विरुद्ध लाग्न फेरि एकपटक लड्नुपर्ने बेला आएको प्रचण्डको भनाई छ ।

  • १९ मंसिर २०८१, बुधबार १५:४४ प्रकाशित