पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३५ रुपैयाँ २० पैसा र बिक्रीदर १३५ रुपैयाँ ८० पैसा रहेको छ ।
आज युरो एकको खरिददर १४२ रुपैयाँ २४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ८८ पैसा रहेको छ । यस्तै आज पाउण्ड एकको खरिददर १७१ रुपैयाँ २२ पैसा र बिक्रीदर १७१ रुपैयाँ ९८ पैसा रहेको छ ।
१० जापानी येनको खरिददर ९ रुपैयाँ ०२ पैसा र बिक्रीदर ९ रुपैयाँ ०६ पैसा छ । भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ५६ पैसा र बिक्रीदर १८ रुपैयाँ ६४ पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३६ रुपैयाँ १४ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३७ रुपैयाँ ०९ पैसा र बिक्री दर ३७ रुपैयाँ २५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर ३० रुपैयाँ २५ पैसा र बिक्रीदर ३० रुपैयाँ ३८ पैसा रहेको छ ।