काठमाडौं ।
नेपाल प्रिमियर लिगको तेस्रो दिनको दोस्रो खेलमा पोखरा एभेन्जर्स पराजित भएको छ । आफ्नो पहिलो खेलमा पोखरा चितवन राइनोजसँग ८७ रनले पराजित भएको हो ।
ब्याटिङमा रवि बोपाराको अर्धशतक तथा बलिङमा सोहेल तनविर र रिजन ढकालको उत्कृष्ट प्रदर्शनमा चितवन राइनोजले नेपाल प्रिमियर लिगमा लगातार दोस्रो जित हासिल गरेको हो ।
तनविर, रिजन र लुक बेन्केन्सटेइनले ३-३ विकेट लिएपछि १६२ रनको लक्ष्य पछ्याएको पोखरा १३.२ ओभरमा ७४ रनमा अलआउट भयो ।
पोखराका लागि लोअर अर्डरमा आएका नारायण जोशीले सर्वाधिक ३० रन बनाउनु बाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । जोशीले २४ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरे । म्याट क्रिटलेले १७ रन जोडे ।
पोखरालाई अलआउट गर्न चितवनका तनविरले ३ ओभरमा १ मडन राख्दै ६ रन मात्र खर्चेर ३ विकेट लिए ।रिजनले पनि ३ ओभरमा १ मेडन राख्नदै १० रन खर्चेर ३ विकेट लिए । लुकले ४ ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए । दिपक बोहराले १ विकेट लिए ।
सुरुवाती ४ ओभरमै तनविर र रिजनलले धारिलो बलिङ रग्दै ३-३ विकेट लिँदा पोखराले ६ विकेट गुमाएको थियो । त्यसपछि म्याट र नारायणले केही सम्हाल्न खोजेपनि पूरा ओभर टिक्न सकेन ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले रवि बोपारको अर्धशतक मदतमा ७ विकेट गुमाएर १६१ रन बनाएको थियो ।
बोपाराको ३८ बल खेल्दै ३ चौका र ३ छक्का प्रहार गरे । यस्तै कप्तान कुशल मल्लले २३ बल खेल्दै १ चौका र ४ छक्का मदतमा ३८ रन बनाए ।
लुक बेन्केन्सटेइनले १६ र हसन इसाखिलले १४ रन बनाए । शरद भेषावकर ११ रनमा अविजित रहे ।