प्रधानमन्त्रीको चीन भ्रमण

नेपाल–चीन बिच भैँसीको मासु निर्यात लगायतका नौं बुदेँ समझदारी पत्रमा हस्ताक्षर

केन्द्रभाग मिडिया

काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा दुई देशबीच ९ वटा सहमति र समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले दिएको जानकारी अनुसार ९ विषयमा सहमति समझदारी पत्रमा हस्ताक्षर भएको हो ।चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङको उपस्थितिमा विभिन्न समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

परराष्ट्र मन्त्रालयको अनुसार भैँसीको तयारी मासु निर्यातसम्बन्धी प्रोटोकलमा हस्ताक्षर भएको छ । यो हस्ताक्षरपछि चीनले नेपालबाट मासु आयात हुने बाटो खुलेको छ ।

यसअघि तत्कालीन प्रधानमन्त्री प्रचण्ड चीन गएको बेला चीनले नेपालबाट भैँसीको मासु आयात गर्ने समझदारी गरेको थियो । नेपालले सबै मापदण्ड पुरा गरेपछि अब चीनले नेपालबाट भैँसीको मासु आयात गर्ने भएको हो ।

भ्रमण दलमा रहेका परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार नेपाल–चीन व्यापार अभिवृद्धि सम्बन्धी सम्झदारीपत्रमा पनि दुवै पक्षको बिचमा हस्ताक्षर भएको हो ।

यस्ता छन् सहमतिहरू

-टोखा छहरे सुरुङमार्ग सम्बन्धी पत्रको आदानप्रदान
-नेपाल चीन व्यापार अभिवृद्धि सम्बन्धी समझदारी पत्र
-नौ तले बसन्तपुर दरबार पुनर्निर्माण सम्पन्न सम्बन्धी प्रमाणपत्र आदानप्रदान
-फर्मली प्रोसेस्ड बफेलो मिट निर्यात सम्बन्धी प्रोटोकल
-विकास योजना सम्बन्धी समझदारी पत्र
-आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारी पत्र
-नगद सहयोग सम्बन्धी पत्र आदानप्रदान
-स्वयंसेवी चिनियाँ भाषा शिक्षक सम्बन्धी समझदारी पत्र
-नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुप बिच सञ्चार प्रविधि सम्बन्धी समझदारी पत्र

  • १८ मंसिर २०८१, मंगलवार १३:५९ प्रकाशित