रविलाई बयानका लागि काठमाडौंबाट सिधै चितवन लगियो

केन्द्रभाग मिडिया

काठमाडौं ।

सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बयानका लागि काठमाडौंबाट सिधै चितवन लगिएको छ ।

चितवनमा पनि रविविरुद्ध उजुरी परेपछि बयानका लागि त्यहाँ लगिएको हो । चितवनमा सहारा चितवन सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा यही मङ्सिर ५ गते पूरक जाहेरी दर्ता भएको थियो ।

काठमाडौंबाट पक्राउ गरेर कास्की पुर्‍याइएका लामिछानेलाई यसअघि रुपन्देही र काठमाडौंमा लगेर बयान लिइएको थियो ।यसअघि पूर्वडीआईजी छविलाल जोशी र रामबहादुर खनाललाई पनि चितवन लगेर बयान गराइएको थियो ।

  • १८ मंसिर २०८१, मंगलवार १०:०४ प्रकाशित