पोखरा ।
कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले सार्वजनिक गरेको तरकारीको मूल्य अनुसार आज पोखरामा गोलभेडाँको भाउ स्थिर छ । सानो गोलभेडाँ के.जीको ९१ रुपैयाँ देखि १०९ रुपैयाँ सम्म मण्डीबाट किनबेच भएको छ । ठुलो गोलभेडाँको भाउ ८० देखि १०० रुपैयाँ सम्म किनबेच भइरहेको छ ।
स्कुस के।जीको २० रुपैयाँदेखि ३० रुपैयाँ सम्म किनबेच भइरहेको छ । भने डल्ले च्याउ ३५० रुपैयाँ देखि ४०० रुपैयाँ रहेको छ।
पोखरामा आज रातो र सेतो दुवै आलुको भाउ प्रति के।जी ६० देखी ६५ रुपैयाँ रहेको छ । यस्तै आज प्याज १०० देखि १२० रुपैयाँ , गाजर १५० देखि २२० रुपैयाँ सम्म प्रति केजी रहेको छ । रायोको साग ४० देखी ६० रुपैयाँ सम्म रहेको छ ।
काउली केजीको १०० देखि १५० रुपैयाँ र बन्दा ६० देखि ८० रुपैयाँ के।जी रहेको छ । मटरकोसा २३० देखी २५० रुपैयाँ के.जी छ ।
अन्य तरकारी, फलफुल तथा मासुको मुल्य हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।