कास्कीका पालिका प्रमुख र प्रशासकीय अधिकृतलाई लिजा र फ्रा बारे अनुशिक्षण

केन्द्रभाग मिडिया

पेखरा ।
जिल्ला समन्वय समिति कास्कीको आयोजनामा स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) र बित्तीय सुशासन जोखिम मुल्यांकन (फ्रा) बारे स्थानीय तहरूको अनुशिक्षण कार्यक्रम भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले स्वमूल्याकंन र बित्तीय जोखिम मुल्यांकन पालिकाहरूको क्षमता मापनको महत्त्वपूर्ण औजार भएको हुदा उत्कृष्ट नतिजाका लागि सबै प्रतिबद्ध हुनुपर्ने उल्लेख गरे ।

प्रमुख पौडेलले अनुशिक्षण मार्फत सबै पालिकाहरू निरन्तर कार्यक्षमता बढाउन लाग्नुपर्ने बताए । कार्यक्रममा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन र बत्तीय सुशासन जोखिम मुल्यांकन बारेमा सहजीकरण गरेका थिए ।

अनुशिक्षण कार्यक्रममा कास्कीका पालिकाहरूका प्रमुखसहित कार्यकारी अधिकृतहरू र बिषयगत क्षेत्र हेर्ने फोकल पर्सन कर्मचारीहरूको सहभागीता थियो ।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका सदस्य सितादेबी बिश्वकर्मा जिल्ला समन्वय अधिकारी नवराज बराल लगायतले बोलेका थिए ।

  • १७ मंसिर २०८१, सोमबार १५:३५ प्रकाशित