काठमाडौं ।
नेपाल प्रमियर लिग ‘एनपीएल) अन्तर्गत आज भएको दोस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्टस्लाई १४२ रनको लक्ष्य दिएको छ । कर्णालीका अर्जुन घर्ती र सोमपाल कामीले अन्तिम दुई ओभरमा विष्फोटक ब्याटिङ गर्दै ३९ रन जोडेपछि कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १४२ रनको लक्ष्य दिएको हो ।
अर्जुनले २२ बलमा ३३ रन जोडे । सोमपालले १३ बलमा २७ रन जोड्दै नटआउट रहे । अन्तिम दुई ओभर विदेशी बलरलाई गराउनु जनकपुरका लागि महँगो सावित भयो ।
कर्णालीको पहिलो विकेटमा रुपमा ओपनर देव खनाल बोल्ड भए । पाँच बल खर्च गरेर एक रन जोडेका देवलाई ललित रावंशीले बोल्ड गरेका हुन् । त्यस्तै दोस्रो विकेटका रुपमा अर्का ओपनर शिखर धवन आउट भए । टिमको पहिलो खेलमा उनी पनि चल्न सकेनन् । १४ बलमा १४ रन मात्रै जोडे । हर्ष थाकर बोल्ड गरेका हुन् ।
कर्णालीका अर्का ब्याटर चाडविक वाल्टनको ब्याटिङ पनि सम्झनलायक बनेन् । उनी १२ बल खर्चेर ८ रनमै पवेलियन फर्किए । उनले मोहम्मद मोहसिनको बलमा एलपीडब्ल्यू आउट गरेका थिए ।
बाबर हायते २५ बल खर्चेर १२ रन जोडे । उनीलाई मोहम्मद मोहसिनले जेम्मस निसमले क्याच मार्फत आउट गराए । जिशान मकसूद रनको खाता खोल्नै सकेनन् । जेम्सले उनलाई एलपीडब्ल्यू आउट गरे । गुलशन झाले ३६ रन जोडे । २७ बलको सामना गरेको उनलाई किशोर महतोले बोल्ड गरे ।