रास्वपा सभापति रवि लामिछानेको बयान आज पनि जारी छ ।जारी बयान अन्तिम चरणमा रहेको जनाइएको छ।
स्वर्णलक्ष्मी सहकारी ठगीको अनुसन्धानका लागि पोखराबाट काठमाडौँ लगिएका पूर्वगृहमन्त्री लामिछानेसँग आज तेस्रो दिन पनि जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँमा बयान भइरहेको छ ।
आइतबार दिनभरमा पनि बयान नसकिएपछि लामिछानेसँग आज पुनः बयान लिइएको सरकारी वकिल कार्यालयका प्रमुख सन्देश श्रेष्ठले जानकारी दिए।
यसअघि रविसँग शुक्रबार पनि बयान लिइएको थियो।कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरी पोखरा लगिएका रविमाथि सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी वसन्त रजौरेले जानकारी दिए।
पोखराको सूर्यदर्शन सहकारी र बुटवलको सुप्रिम सहकारी ठगीको अनुसन्धानका क्रममा उनको बयान भएको हो। सुप्रिम सहकारी ठगीको अनुसन्धानका लागि उनलाई पोखराबाट रुपन्देहीको भैरहवासमेत लगिएको थियो।