पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज डलर एकको खरिददर १३४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४८ पैसा छ ।
आज युरो एकको खरिददर १४२ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४३ रुपैयाँ २९ पैसा रहेको छ । यस्तै आज पाउण्ड एकको खरिददर १७१ रुपैयाँ ८२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ५८ पैसा रहेको छ ।
१० जापानी येनको खरिददर ९ रुपैयाँ ०९ पैसा र बिक्रीदर ९ रुपैयाँ ०५ पैसा छ । भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ६२ पैसा र बिक्रीदर १८ रुपैयाँ ७१ पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ ९० पैसा र बिक्रीदर ३६ रुपैयाँ ०६ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ९८ पैसा र बिक्री दर ३७ रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर ३० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३० रुपैयाँ ४८ पैसा रहेको छ ।