पोखरामा आज पनि सबैभन्दा सस्तो तरकारी स्कुस, मंहगो डल्ले च्याउ (मुल्य सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले सार्वजनिक गरेको तरकारीको मूल्य अनुसार आज पनि पोखराको शान्तिबनस्थित मण्डीमा सबैभन्दा सस्तो तरकारी स्कुस र मंहगो डल्ले च्याउ रहेको छ ।

स्कुस के.जीको २० रुपैयाँदेखि ३० रुपैयाँ सम्म किनबेच भइरहेको छ । भने डल्ले च्याउ ३५० रुपैयाँ देखि ४०० रुपैयाँ रहेको छ। सानो गोलभेडाँ के।जीको ९१ रुपैयाँ देखि १०९रुपैयाँ सम्म मण्डीबाट किनबेच भएको छ । ठुलो गोलभेडाँको भाउ ८० देखि १०० रुपैयाँ सम्म किनबेच भइरहेको छ ।

पोखरामा आज रातो र सेतो दुवै आलुको भाउ प्रति के.जी ६० देखी ६५ रुपैयाँ रहेको छ । यस्तै आज प्याज १०० देखि १२० रुपैयाँ , गाजर १५० देखि २२० रुपैयाँ सम्म प्रति केजी रहेको छ । रायोको साग ४० देखी ६० रुपैयाँ सम्म रहेको छ ।

काउली केजीको १०० देखि १५० रुपैयाँ र बन्दा ६० देखि ८० रुपैयाँ के।जी रहेको छ । मटरकोसा २३० देखी २५० रुपैयाँ के.जी छ ।

 

अन्य तरकारी, फलफुल तथा मासुको मुल्य हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

  • १७ मंसिर २०८१, सोमबार ०८:५९ प्रकाशित