नेकपा एकीकृत समाजवादीको गण्डकी प्रदेश अधिवेशन १९ र २० पुसमा

केन्द्रभाग मिडिया

 

पोखरा ।
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी गण्डकीको प्रथम अधिवेशन आगामी १९ र २० पुसमा पोखरामा हुनेभएको छ । अधिवेसन सम्पन्न गर्न सो पार्टीका केन्द्रीय सचिव सचिव एवं गण्डकी प्रदेश कमिटीका अध्यक्ष श्रीनाथ वरालको संयोजकत्वमा १५१ सदस्यीय मुल आयोजक कमिटी गठन गरिएको छ । अधिवेसन भव्य रुपमा सम्पन्न गर्न मुल आायेजक समितिका अलावा विभिन्न १० वटा उपसमितिहरु गठन गरिएको नेकपा एकीकृत समाजवादीका गण्डकी प्रदेश अध्यक्ष समेत रहेका सचिव श्रीनाथ बरालले जानकारी दिए ।

यसरी गठन गरिएका उपसमितिहरुमा श्रीनाथ वरालको संयोजकत्वमा प्रतिवेदन लेखन उपसमिति, पोलिटव्यूरो सदस्य धनराज आचार्यको संयोजकत्वमा जन परिचालन उपसमिति, केन्द्रीय सदस्य कृष्ण नेपालीको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उपसमिति केन्द्रीय सदस्य मोति पौडेलको संयोजकत्वमा आर्थिक उपसमिति रहेका छन् । त्यसैगरी केन्द्रीय सदस्य शर्मिलादेवी पौडेलको संयोजकत्वमा अतिथि सत्कार उपसमिति, नवराज सुवेदीको संयोजकत्वमा प्रचार प्रसार उपसमिति, खड्ग हमालको संयोजकत्वमा खाना खाजा क्यवस्थापन उपसमिति, उदय सुवेदीको संयोजकत्वमा निर्वाचन उपसमिति, मुक्ति पौडेलको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति र ठाकुर शर्माको संयोजकत्वमा स्वयंमसेवक परिचालन उपसमिति गठन गरिएको बरालले जानकारी दिए ।

प्रदेश अधिवेसनका लागि ५० जना पार्टी सदस्य बराबर एक जना प्रतिनिधि चयन हुने व्यवस्था गरिएको र अधिवेशनमा करिव ४५० जना प्रतिनिधि सहभागी हुने वताईएको छ । शनिवार सो पार्टीका गण्डकी प्रदेशमा रहेका पदाधिकारी, पोलिटव्यूरो सदस्य र केन्द्रीय कमिटीका सदस्यहरुको वैठकले १० वटा उपसमितिहरुलाई पूर्णता दिएको बरालले वताए । पार्टीको सिङ्गो प्रदेश कमिटीका साथै विभिन्न उपसमितिहरु प्रदेश अधिवेशनमा जुटेको समेत बरालले वताए ।

  • १६ मंसिर २०८१, आईतवार १९:५७ प्रकाशित